नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले लिनुभयो शपथ

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण गर्नु भएको छ । शीतनिवासमा आयोजति विशेष समारोहमा उहाँले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिनु भएको हो ।

उहाँले नेपालको पहिलो महिला प्रधानमन्त्रीको इतिहास पनि रच्नु भएको छ ।

गतसाता युवा पुस्ता (जेन–जी)को आन्दोलनको बलमा नियुक्त हुनु भएकी उहाँले साढे दुई अर्थात् आधा पदावधि बाँकी रहेको प्रतिनिधिसभा विघटनको सिफारिस गर्नु भएको छ । नवगठित सरकारले पहिलो मन्त्रिपरिषद् बैठकबाट जननिर्वाचित संसद् भंग गरेको मुलुकको इतिहासमा यो दुर्लभ घटना हो ।