सुर्खेत । वीरेन्द्रनगर सुर्खेतमा हिजो शुक्रबार मोटरसाईकलले ठक्कर दिदा एक महिलाको मुत्यु भएपछि आज शनिवार एयरपोर्टचौक तनावग्रस्त भएको छ ।
मृतकका आफन्तले छोराछोरीहरुको पढाइलेखाई, पालनपोषण लगाएतका माग राख्दै आन्दोलन गरेका छन् । स्थित उग्र बन्दै गएपछी प्रहरीले दुईजना आन्दोलनकारीलाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी सुरज कार्कीले आफ्न्तहरुले आफ्नो माग पुरा गरिपाउँ भन्नका लागि आन्दोलन गरेको बताए।
वीरेन्द्रनगरको रत्न राजमार्ग अन्तर्गत बुदबुदी चौक नजिकै बाटो काट्ने क्रममा मोठरसाईकलले ठक्कर दिदा घाईते महिलाको उपचारको क्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको थियो ।लु ८५ प ५१६६ नम्बरको मोटरसाईकलले ठक्कर दिदा वीरेन्द्रनगर नगरपालिका १० बस्ने ४३ बर्षिया बालकुमारी नेपालीको मुत्यु भएको हो । मोटरसाईकल चालक प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता सुरज कार्कीले बताए ।
मोटरसाईकलले हिजो दिउसो करिब ३ बजे ठक्कर दिएको थियो ।
खबर बजार । २१ श्रावण २०७९, शनिबार १५:४२