लैंगिक अल्पसंख्यकसंग इनर व्हील क्लब अफ सुर्खेतकाे तिज

सुर्खेत । इनर व्हील क्लब अफ सुर्खेतले यसपालिको तीज विषेश कार्यक्रम समुदायमा रहेका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायहरु संगै तिज कार्यक्रम मनाएको छ । समाजले उपेक्षा गरेको लैंगिक अल्पसंख्यक सुदायका लागी आवाज बनी समाजमा उनिहरुका निम्ति समान अवसर,सम्मान र सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यका साथ यो कार्यक्रमको आयोजना गरिएको हो।

कार्यक्रममा सामाकि विकास मन्त्रालयका अधिकृत अनिता ज्ञावालीले तिज भनेको उत्सबको रुपमा मनाइने एक प्रकारको संकृती भएको बताएकी छिन । उनले भनिन जसरी पार्वतीले माहादेव श्रीमान पाउ भनी वर्त बसी महादेवलाई पाएको खुसियालीमा मनाइने यो पर्वले जिवन साथी छनोट गर्ने अवस्थालाई पनि दर्साएको छ । जस अन्र्तरगत सुखदुख साटासाट गर्न र संस्कृतीलाई जोगाउन , मनभाव सोच्छ बनाउन, आफु भित्र भएको पिडालाई कम र माया प्रेम बढाउनका लागि यो पर्व मनाइएको बताएकी हुन ।महिला स्वातन्त्रका रुपमा मनाई र सुख दुख साटासाट गर्ने एक जमघटका रुपमा मनाइने पर्व हो जसरी पार्वतीले लामो समय सम्म वर्त बसि महादेव श्रीमान पाएकाले यस पर्वलाई मनाउने चलन चलि आएको संचारिका समुहकी पुर्व अध्यक्ष टिका विष्टले जानकारी दिईन । उनले भनिन पछिल्लो समय एकदमै वितृती आएको छ,सुन, फेसन देखाउने भई रहेको छ, त्यसबाट बचाएर आम महिलाका समस्याहरुलाई समधान गर्ने दिनका रुपमा पनि लैजानु पर्ने एक अर्कामा सहयोग गर्ने र एकता कायम गर्नु पर्ने बताएकी छिन ।

यौनिक तथा लैंगिक अल्पसंख्यकसंग जो कोही बोल्दा पनि हरेक कुरामा अपहेलाना गर्ने समाजले नै बञ्चि गराएको हाम्लाई यसरी बालाएर सम्मान स्वरुप समावेश गरेकोमा ईनर व्हील क्लबलाई अन्जली विसीले धन्यवाद दिएकी छिन ।तिज विषेश कार्यक्रममा ईनर व्हील क्लब अफ सुर्खेत भ्यालिका अध्यक्ष सिया कार्की प्रधानले तीज पर्व धर्म संस्कृती संग मात्र सम्बन्धित नभइ आवाज विहीनहरुको आवाज बुलन्द गर्ने, हक,अधिकार,विद्रोह प्रस्फुटन गर्नेमाध्यम भएको बताएकी छिन । अध्यक्ष कार्कीका अनुसार समाजले उपेक्षा गरेको लैंगिक अल्पसंख्यक सुदायका लागी आवाज बनी समाजमा उनिहरुका निम्ति समान अवसर,सम्मान र सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यका साथ यो कार्यक्रमको आयोजना गरिएको हो।यस तीज कार्यक्रममा तेश्रो लिंगी र मानव सेवामा समर्पित बहिनी र त्यहाँ आश्रित सानि नानिहरुलाई तीजको दर सँगै उपहारमा माया र सम्मान स्वरुप कपडा पनि प्रदान गरिएको थियो ।

कार्यक्रममा पत्रकार ज्यु,ईनर व्हिलका सल्लाहकार प्रतिमा मल्लाह ज्यु,प्रमुख अतिथीले कार्यक्रम ढाँचाको प्रशंसा गर्दै आफ्ना महत्वपूर्ण भनाइ सहितका मन्तव्य राखेका थिए ।