काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । बिहीबार काठमाडौं जिल्ला अदालतले उनलाई पक्राउको अनुमति दिएको हो ।
एक नाबालिकाले बलात्कारको आरोप लगाएपछि प्रहरीले सन्दीपविरुद्ध पक्राउ पूर्जी जारी गर्न अदालतलाई निवेदन दिएको थियो । १७ वर्षीया नाबालिकाले मंगलबार सन्दीपविरुद्ध महानगरीय प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् ।
पक्राउ पूर्जी जारी भएसँगै प्रहरीलाई अब सन्दीपलाई भेटेलगत्तै नियन्त्रणमा लिएर अनुसन्धान सुरू गर्ने बाटो खुलेको छ ।
खबर बजार । २३ भाद्र २०७९, बिहीबार १४:५०