काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) र कुमारी बैंक मर्ज हुने भएका छन् । सोमबार मेरियट होटलमा दुई बैंक बीच मर्जरसम्बन्धी प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर (एमओयू) भएको छ ।सोमबार एओयूमा एनसीसी बैंकका तर्फबाट मर्जर कमिटी संयोजक तथा सञ्चालक चन्द्र बाँस्तोला र कुमारी बैंकका तर्फबाट मर्जर कमिटीका संयोजक तथा सञ्चालक कृष्णप्रसाद ज्ञवालीले हस्ताक्षर गरेका छन् । दुई बैंकबीच सेयर आदनप्रदान अनुपात (स्वाप रेसियो) १ः१ मा मर्जर हुने सहमति भएको हो ।दुई बैंक गाभिएपछि चुक्ता पूँजी २५ अर्ब ८५ करोड हुनेछ । बैकको निक्षेप ३ खर्ब ११ अर्ब ३४ करोड निक्षेप हुनेछ भने कर्जा २ खर्ब ७४ अर्ब ५५ करोड हुनेछ । जगेडा कोषहरुमा भएको रकम लगायतका आधारमा बैंकको कुल पूँजी ३७ अर्ब ६५ करोड हुनेछ ।दुई बैंक गाभिएपछि चुक्ता पूँजी २५ अर्ब ८५ करोड हुनेछ । बैकको निक्षेप ३ खर्ब ११ अर्ब ३४ करोड निक्षेप हुनेछ भने कर्जा २ खर्ब ७४ अर्ब ५५ करोड हुनेछ । जगेडा कोषहरुमा भएको रकम लगायतका आधारमा बैंकको कुल पुँजी ३७ अर्ब ६५ करोड हुनेछ ।मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृतमा रमेशराज अर्याल हुनुहुने छ । कुमारीका रामचन्द्र खनाल वरिष्ठ डेपुटी प्रमुख कार्यकारी अधिकृत हुनुहुने छ । मर्जरपछि बैंकको नाम कुमारी बैंक हुने छ । यस्तै सञ्चालक समितिमा एसीसीबाट ४ जना र कुमारीबाट ३ जना हुनेछन् ।
"
खबर बजार । १० आश्विन २०७९, सोमबार १७:१०