मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक २२ , शनिबार
khabarbajar

खबर पाइने ठाउँ...

ihubnepal

समाचार, विचार र सरोकार

शताब्दी पुरूष सत्यमोहन जोशीको शरीर नजलाईने

२ मिनेट पढाइ
०साझा

kuse inside

काठमाडौं । शताब्दी पुरूष सत्यमोहन जोशीको शरीर नजलाउने निर्णय भएको छ। यसअघिनै मृत्युपछि आफ्नो शरीर दान गरिसक्नु भएका जोशीको शरीर अध्ययनका लागि केमिकल प्रयोग गरेर राखिने भएको हो।

आइतबार किष्ट अस्पतालमा परिवार, महानगर र अस्पताल प्रशासनबीच भएको छलफलपछि जोशीको शरीर नजलाउने निर्णय भएको हो।

Dailekhi urja

शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि ललितपुर महानगरपालिका परिसरमा राखिने भएको छ।

शवमा नसाबाट केमिकल राखेपछि अन्तिम श्रद्धाञ्जलीका लागि महानगरपरिसरमा राखिने निर्णय भएको अस्पतालका प्रोफेसर डाक्टर किशोर सिंह बस्नेतले जानकारी दिनु भयो ।

‘आज हामी अन्तिम श्रद्धाञ्जलीका लागि महानगर परिसरमा शरीर राख्नेछौ। त्यसपछि शरीर नगल्ने केमिकल प्रयोग गरेर उहाँको शरीर अध्ययनका लागि राख्नेछौ’, डाक्टर बस्नेतले भन्नु भयो,‘यसरी राखिएको शरीर अनन्तकालसम्म जस्ताको तस्तै रहनेछ।’

उहांले सुरूमा नसाबाट केमिकल राखेर शरीरलाई श्रद्धाञ्जलीका लागि राखिने बताउनु भयो । ‘हामी सुरूमा नसाबाट केमिकल राखेर शरीरलाई डेकोरेट गरि श्रद्धाञ्जलीका लागि अस्पताल परिसरमै राख्नेछौ, त्यसपछि केमिकलमै डुबाएर शरीरलाई अनन्तकालसम्म राख्नेछौ’, उहांले जानकारी दिनु भयो ।

अस्पतालले जोशीको शरीर कसरी राख्ने भन्नेबारे विस्तृतमा अध्ययन गरिसकेकाले उहाँकै इच्छा अनुसार शरीर अध्ययनका लागि राखिने बस्नेतले बताउनु भयो ।

छलफलमा परिवारका सदस्यहरूले बुबाको अन्त्येष्टि समाज र गुठियार अनुसार गर्ने सोच भएको बताउनु भयो ।

किष्ट अस्पतालमा भएको छलफलमा बोल्दै जोशीका कान्छा छोरा डाक्टर पूर्णराज जोशीले आफूहरूको इच्छा परम्परा अनुसार अन्त्येष्टि गर्ने भए पनि बुबाको इच्छालाई आफूहरूले मान्ने बताउनु भयो ।

‘बुबाले चाहनुहुन्थ्यो कि, कसरी यति लामो समयसम्म कसरी बाँचिरहेको छु। हामी उहाँको सम्मान गर्छौ। अस्पतालले अध्ययन गरोस्,’ उहांले भन्नु भयो ।

ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले सत्यमोहन जोशीकै इच्छा अनुसार हुने बताउनु भयो ।

सत्यमोहन जोशीले आफ्नो शरीर मृत्युपश्चात किष्ट अस्पताललाई अध्ययनका लागि दान दिने घोषणा गरिसकेको भन्दै ललितपुर महानगरका मेयर महर्जनले भन्नु भयो, ‘मलाई जलाएर पठाए खरानी हुन्छ तर नजलाए विद्यार्थीले मेरो शरीरलाई पढ्न सक्छन् भनेर उहाँले भन्नुभएको थियो। उहाँले मलाई मृत्युपश्चात पनि केही गर्न सकौं भनेर आफ्नो इच्छा अनुसार हस्ताक्षर गरेर विद्यार्थीलाई अध्ययनका लागि किष्ट अस्पताललाई दिन्छु भन्नुभएको थियो।’

nepalgunj