काठमाडौं । भारतलाई १० विकेटले पराजित गर्दै इंग्ल्याण्ड अष्ट्रेलियामा भइरहेको आईसी टी-२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ ।एडिलेडमा भएको दोस्रो सेमिफाइनलमा भारतले दिएको १६९ रनको लक्ष्य इंग्ल्याण्डले १६ ओभरमा बिना क्षती पूरा गरेको हो ।भारत विरुद्ध हेल्स र बटरको विष्फोटक ब्याटिङ गर्दा भारतीय बलरहरु फिका देखिएका थिए । इंग्ल्याण्डका लागि हेल्सले ४७ बल खेल्दै ४ चौका र ७ छक्का मद्तमा अविजित ८६ रन बनाए ।यस्तै बटलरले ४९ बल खेल्दै ९ चौका र ३ छक्का मद्दतमा अविजित ८० रन बनाए ।यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले हार्दिक पाण्ड्या र विराट कोहलीको अर्धशतक मद्दतमा ६ विकेट गुमाएर १६८ रन बनाएको थियो ।विष्फोटक ब्याटिङ गरेका हार्दिकले ३३ बल खेल्दै ४ चौका र ५ छक्का प्रहार गरेर सर्वाधिक ६३ रन बनाए । कोहलीले ५० रन बनाउने क्रममा ४० बल खेल्दै ४ चौका र १ छक्का प्रहार गरे ।कप्तान रोहित शर्माले २७ र सूर्यकुमार यादवले १४ रन जोडे । केएल राहुल ५ र ररिषव पन्त ६ रनमा आउट भए ।इंग्ल्याण्ड क्रिस जोर्डनले सर्वाधिक ३ विकेट लिए । उनले ४ ओभरमा ४३ रन खर्चे ।क्रिस वोक्स र आदिल रसिदले समान १ विकेट लिए ।इंग्ल्याण्डले अब उपाधिका लागि पाकिस्तानसँग खेल्नेछ । पाकिस्तानले पहिलो सेमिफाइनलमा न्युजिल्याण्डलाई हराएको थियो । फाइनल खेल आउने आइतबार मेलवर्न क्रिकेट ग्राउण्डमा हुनेछ ।
"
खबर बजार । २४ कार्तिक २०७९, बिहीबार १७:०७