पोखरा महानगरपालिका १८ को पुन: मत गणना गर्न उच्च अदातलको आदेश

पोखरा । पोखरा गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा पोखरा महानगरपालिका वडा नम्बर १८ को मत गणना बदर गरी पुन: मत गणना गर्न उच्च अदातल पोखराले आदेश दिएको छ ।

अदातलले वडाध्यक्ष पदको पुन मतगणना आउँदो वैशाख २० गते गर्न अदातलले आदेश दिएको उच्च अदालत पोखराका रजिष्ट्रार श्रीराम पौडेलले जानकारी दिनुभयो ।

एमालेबाट उम्मेदवार बनेका पुस्कल थापाले मतगणना कार्य वदर गरि दोर्होराई मतगणना गरि पाउ भन्दै गत जेठ १८ गते उजुरी दिनुभएको थियो ।

सो वडामा कांग्रेसका शिव प्रसाद तिमल्निाले १६४३ मत पाएर बिजयी घोषित हुँदा एमालेका पुष्कल बहादुर थापाले १६४० मत पाउनु भएको थियो ।

एमालेबाट उम्मेदवार बनेका थापालाई नेपाली कांग्रेसका शिव तिमिल्सिनाले ३ मतले पराजित गर्नु भएको थियो थापाले खसेको भन्दा गणनामा ९ मत कम देखिएको र उक्त मत आफ्नै भएको दाबी गर्नु भएको थियो ।