मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक २१ , शुक्रबार
khabarbajar

खबर पाइने ठाउँ...

ihubnepal

समाचार, विचार र सरोकार

पल शाहको उच्च अदालत पोखरामा पुनरावेदन दर्ता

१ मिनेट पढाइ
०साझा

kuse inside

काठमाडौं । नाबालिकामाथि यौन दुरुपयोगको मुद्दामा नवलपुर जिल्ला अदालतबाट दोषी ठहर भएका अभिनेता पल शाहले उच्च अदालत पोखरामा पुनरावेदन दिएका छन्।

जिल्ला अदालतको फैसला उल्टाएर सफाइ दिनुपर्ने माग राखेर शुक्रबार उच्च अदालत पोखरामा निवेदन दर्ता गराएका हुन् ।

Dailekhi urja

उच्च अदालतले शुक्रबारै जिल्ला अदालतलाई पत्र पठाएर मिसिल मगाइने छ । जिल्ला अदालतबाट मिसिल प्राप्त भएपछि मात्रै प्रक्रिया अघि बढ्ने छ।

नाबालिका बलात्कारको आरोप लागेका शाहलाई नवलपुर अदालतले बालयौन दुरुपयोगमा दोषी ठहर गर्दै साढे दुई वर्ष कैद, २५ हजार रूपैयाँ जरिवाना र पीडितलाई १० लाख रूपैयाँ क्षतिपूर्तिको फैसला सुनाएको थियो।

सोही प्रकृतिको मुद्दा तनहुँ जिल्ला अदालतमा भने विचाराधीन छ। शाह हाल तनहुँ कारागारमा सजाय भोगिरहेका छन्।

nepalgunj