स्कटल्यान्डलाई नेपालले दियो १३८ को लक्ष्य


मंसिर १८, काठमाण्डौ । नामिबियामा चलिरहेको आईसीसी क्रिकेट विश्व कप लिग–२ अन्तर्गत एकदिवसीय शृङ्खलामा नेपालले स्कटल्यान्डसँगको खेलमा खराब ब्याटिङ गरेको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४० ओभर १ बलमा एक सय ३७ रन बनाएर अलआउट भयो । नेपालका लागि गुलसन झाले सर्वाधिक २९ रन बनाए । यस्तै ज्ञानेन्द्र मल्लले २५, अर्जुन साउदले १८, रोहित पौडेलले १७ र आरिफ शेखले १० रन बनाए ।