

२४ मंसिर, काठमाण्डौ । फिफा विश्व कप फुटबलमा आज क्वाटरफाइनलका अन्तिम दुई वटा खेल हुँदैछन् । क्वाटरफाइनलमा आजको पहिलो खेलमा मोरक्को र पोर्चुगल तथा दोस्रो खेलमा फ्रान्स र इङ्ल्यान्डबीच खेल हुनेछ ।
मोरक्को र पोर्चुगलबीचको खेल नेपाली समय अनुसार राति पौने ९ बजे कतारको अल थुमामा मैदानमा हुनेछ ।
क्वाटरफाइनलको अन्तिम खेलमा आज राति नै फ्रान्स र इङ्ल्यान्डले खेल्दैछन् । यो खेल राति पौने १ बजे अलबायत मैदानमा हुनेछ ।
यसअघि अर्जेन्टिना र क्रोएसिया विश्व कप फुटबलको सेमिफाइनलमा पुगेका छन् । आज बिहान भएको खेलमा पेनाल्टी शुटआउटमा नेदरल्यान्ड्सलाई हराउँदै अर्जेन्टिना र गएराति भएको खेलमा ब्राजिललाई पेनाल्टी शुटआउटमा हराउँदै क्रोएसिया विश्व कप फुटबलको सेमिफाइनलमा पुगेका हुन् ।

खबर बजार । २४ मंसिर २०७९, शनिबार ११:४४