सुर्खेत । कर्णाली प्रदेशका सरोकारवालाहरुले तिन तहको सरकारको समन्वयमा शिक्षामा नीतिगत सुधार ल्याउनुपर्नेमा जोड दिएका छन ।
शिक्षा पत्रकार समाजको आयोजनामा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा गरिएको बालिका तथा समावेशी शिक्षामा नीतिगत पैरवी कार्यक्रममा सहभागी सरोकारवालाहरुले यस्तो सुझाव दिएका छन ।
उनिहरुले शिक्षामा भौतिक विकासलाई मात्रै जोड दिँदा शिक्षामा नीतिगत सुधार हुन नसकेको भन्दै विशेषगरी छात्राहरु शिक्षाको पहुँचमा पुग्न नसकेको बताए ।
कार्यक्रममा बोल्दै वीरेन्द्रनगर नगरपालिका प्रमुख मोहनमाया ढकालले शिक्षामा नीतिगत ढङ्गले संचालन गर्न नसकिएको भन्दै तिनै तहका सरकारको समन्वयमा शिक्षा नीति बनाएर लागु गरे मात्रै समावेशी शिक्षामा सुधार हुने बताउनुभयो ।
टोल–टोलबाटै शिक्षामा लगानी बढाउनुपर्नेगरी सचेतना अविभावकमा पुर्याउनुपर्ने उहाको भनाई छ ।
भेरीगंगा नगरपालिका प्रमुख यज्ञ प्रसाद ढकालले महिला र बालिका शिक्षा कार्यक्रम बजेटमा उल्लेख भएपनि त्यसको सही सदुपयोग हुन नसकेको बताउनुभयो ।
वराहाताल गाउँपालिका उपप्रमुख लक्ष्मी पुनले पनि तिनै तहको सरकारको समन्वयमा समावेशी शिक्षाको नीति बनाउन जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै शिक्षासँग सरोकार राख्ने व्यक्तीहरुले समावेशी शिक्षाको नीति बनाएर व्यवहारिक कार्यान्वयन गर्न सके शिक्षामा गुणस्तर कायम हुने बताएका छन ।
प्रदेश योजना आयोगका पूर्व सदस्य डाक्टर दिपेन्द्र रोकायले योजना आयोगले बालिका शिक्षालाई प्रभावकारी संचालन गर्न प्रथम पञ्चबर्षिय योजनामा प्रथामिकता दिइएको जानकारी दिनुभयो ।
उहाले बालिका भविश्यको पहिलो शिक्षक भएको भन्दै त्यसको लागि बैंक खाता छोरी सुरक्षा जीवनभरीको, छोरी बुहारी छात्रावृत्ति कार्यक्रमहरु प्रदेश सरकारले नीतिगत रुपमा ल्याएको बताउनुभयो ।
प्रदेश शिक्षा निर्देशनालयका निमित्त निर्देशक दिपा हमालले तिन तहको समन्वयको अभावमा शिक्षाको गुणस्तर कायम हुन नसकेको भन्दै कर्णालीका पाँच जिल्लालाई साक्षर जिल्ला बनाउने भनिएपनि बजेटको अभाव रहेको बताउनुभयो ।
सामाजिक विकास मन्त्रालयका सचिव सन्तोष बहादुर सुनारले बालिका शिक्षाको नीतिलाई अन्य नीतिले प्रभाव पारेको भन्दै नीतिगत रुपमा जाने हो भने सबै नीतिलाई एकै ठाउँमा समावेश गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रम सुन्दर नेपाल संस्थाका भुपेन्द्र कंडेल, समाज जागरण केन्द्र (स्याक) नेपालका तेज सोनाम राष्ट्रिय अपाङ्ग महासंघका सुरेश खड्का लगायतले वक्ताहरुले शिक्षाको नीतिगत सुधारमा जोड दिएका छन ।
"
खबर बजार । १ पुष २०७९, शुक्रबार २०:१५