सुर्खेत । कणाली प्रदेशको राजधानी सुर्खेतमा वैकल्पिक उर्जा क्षेत्रमा ब्यबसाय गर्दै आएको दैलेखी उर्जा घर प्रा. ली.काे सहयोगमा रत्न राजमार्ग पर्ने बबई चेक पोष्टमा सोलार बत्ती जडान गरिएको छ ।
यस अघि रातीको समयमा यस चेक पाष्टमा अध्यारोको कारण यात्रु र सुरक्षाकर्मीलाई समस्या हुने गरेको थियो । तेही समस्यालाई देखेर आफुले तेस ठाँउमा सोलार बत्ती जोडेको दैलेखी उर्जा घरका सञ्चालक मान प्रसाद देवकोटाले बताउनु भयो । उहाँले भन्नुभयो “म सँधै त्यो बाटोमा हिंड्दा त्यस खाल्को समास्या देख्ने गरेको थिए , समस्या समाधानमा आँफ्नो पनी केही भुमीका रहनु पर्छ भन्ने उद्देश्यका साथ सोलार बत्ती जडान गरीएको हो” ।
यस अघि दैलेखी उर्जा घरले रत्तन राजमार्ग अन्तर्गत नै पर्ने भेरी पुलमा सोलार बत्ती जडान गर्न सामाग्री र प्राबिधिक सहयोग गरेको थियो ।
खबर बजार । १३ पुष २०७९, बुधबार १४:५२