सुर्खेत । फरार रहेका दुईजना प्रतिवादी सुर्खेत वीरेन्द्रनगरबाट पक्राउ परेका छन् । जिल्ला अदालत सुर्खेतको फैसला पश्चात घरेलु हिंसा मुद्धामा दश हजार जरिवाना तोकिएका फरार प्रतिवादी वीरेन्द्रनगर ४ बस्ने २२ बर्षका शुबास चन्द्र पहाडीलाई शुक्रबार र वन मुद्दामा फरार प्रतिवादी वीरेन्द्रनगर २ ठउरी बस्ने ३९ बर्षका विनोद गिरीलाई शनिवार सुर्खेत प्रहरीले पक्राउ गरेको हो ।
गिरीलाई डिभिजन वन कार्यालय सुर्खेतले पच्चिस हजार तीन सय बाह्र रुपैँया जरीवाना तोकेको थियो ।
पक्राउ परेका पहाडीलाई सुर्खेत जिल्ला अदालत सुर्खेत समक्ष र गिरिलाई डिभिजन बन कार्यालय सुर्खेत समक्ष पेश गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाकारी दिएको छ ।
"
खबर बजार । २४ पुष २०७९, आईतवार २०:०१