

सुर्खेत । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले साढे तिन वर्षमा ४३ हजार ७ सय ८७ सवारी चालकलाई कारबाही गरी ३ करोड २६ लाख ४० हजार ३ राजस्व संकलन गरेको छ ।
चालक अनुमतिपत्रबिना सवारी साधन चलाउने र क्षमताभन्दा बढी यात्रु बोक्ने सवारी चालक बढी कारबाहीमा परेका छन् ।
असारमा १ सय ७२ सवारी चालकलाई कारबाही गरी एक लाख पाँच हजार राजस्व संकलन गरिएको छ ।
आर्थिक वर्ष २०७६–७७ मा ८ हजार ९ सय ५९ सवारी चालकलाई कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
जसमा ७२ लाख ९३ हजार ३ सय राजस्व संकलन भएको हो । त्यही आर्थिक वर्षमा ७ सय ३० मादक पदार्थ सेवन गरेका सवारी चालक कारवाहीमा परेका छन् । यस्तै आर्थिक वर्ष ०७७÷०७८ मा १२ हजार ९ सय ६९ सवारी चालकलाई कारबाही गरिएको र उनिहरुबाट ९० लाख २४ हजार ५ सय राजस्व संकलन ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । जसमा १ सय ३० जनाले मादक पदार्थ सेवन गरेको बताईएको छ ।
यस्तै आर्थिक वर्ष ०७८÷०७९ मा १५ हजार ७ सय ८० मा सवारी चालकलाई कारबाही गरिएकोमा १ करोड १७ लाख ९ हजार ५ सय राजस्व संकलन गरीएको छ भने चालु आर्थिक वर्ष ०७९÷८० को ६ महिनामा ६ हजार १ सय ९ सवारी चालकलाई कारवाही गरिएको र ४३ लाख १३ हजार राजस्व संकलन भएको छ । जिल्लाभर हाल अस्थायी रुपमा १३ वटा ट्राफिक कार्यालय रहेका छन् ।

खबर बजार । २४ पुष २०७९, आईतवार २०:०६