क्यान कार्यसमिति बैठक: अध्यक्षको राजीनामा माग

पोखरा । नेपाल क्रिकेट संघ (क्यान)का ७ जना केन्द्रीय सदस्यले लिखित रुपमै अध्यक्ष चतुरबहादुर चन्दको राजीनामा मागेका छन् ।

मंगलबार पोखरामा सुरु भएको कार्यसमितिको बैठकको सुरुमै ७ जनाको तर्फबाट ऋषिराम गौतमले अध्यक्ष चन्दलाई लिखित पत्र बुझाउनु भएको हो ।

नेपाल टी–२० लिग स्पट फिक्सिङमा मुछिएपछि उहाँहरुले अध्यक्षको राजीनामा माग गर्नु भएको हो ।

अध्यक्ष चन्दको राजीनामा माग्नेमा केन्द्रीय सदस्य गौतमसँगै दाउद अन्सारी, करण महतरा क्षेत्री, संजयराज सिंह, अमितवीर पाण्डे, छुम्बी लामा र धर्मराज गिरी हुनुहुन्छ ।