काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको पहिलो अधिवेशन आह्वान गर्नु भएको छ ।
राष्ट्रपति भण्डारीले पुस २५ गते दिउँसो १ बजेका लागि अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिनु भयो ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले अधिवेशनका लागि सिफारिस गरेको थियो ।
प्रतिनिधि सभाको अधिवेशन सरकारको सिफारिसमा राष्ट्रपतिले आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।
खबर बजार । १२ पुष २०७९, मंगलवार १६:४५