अवैध रुपमा बनाइएका घरटहरा भत्काउँदै मुगु छायाँनाथ नगरपालिका

मुगु । मुगुको छायाँनाथ रारा नगरपालिकाले सुन्दर गमगढी बजार निर्माण गर्न सार्वजानिक रुपमा निर्माण भएका घर टहरा हटाउन रेखांकन गर्न थालेको छ ।
बुधबार सुरक्षाकर्मी, नगरपालिका तथा अन्य सरोकारवाला निकायको सहभागितामा सुरु गरिएको रेखांकन गर्ने कार्य गमगढी बजारको अदालत चोकदेखि बीच बजारसम्म गरिनेछ ।
गमगढी बजारमा सार्वजानिक जग्गामा निर्माण भएका भ¥याङ, सडकपेटी, बार्दली, टहरालगायतका अवैध संरचनाहरु हटाउन जारी गरेको सार्वजनिक सुचना अवज्ञा गरेपछि नगरपालिका स्वयं रेखांकन गर्न सुरु गरेको लागेको छायानाथ रारा नगरपालिकाका नगर प्रमुख बिष्णु कुमार भामले बताउनुभयो ।
रेखांकन कार्य सकिएपछि सार्वजानिक रुपमा निर्माण भएका टहरा हटाइने उहाँको भनाइ छ ।
नगरपालिकाले सदरमुकाम गमगढी बजारमा रहेका अव्यवस्थित घर टहरा हटाउन तीन पटकसम्म सार्वजनिक सूचना जारी गरेर आग्रह गरेको थियो । तर, सूचना अवज्ञा गर्दै बजारवासीले अव्यवस्थित घर टहरा भत्काएका छैनन् भने नगरपालिकाले पनि उर्दी जारी गर्नेबाहेक अरु केही गर्न सकेको थिएन ।