काठमाडौं । ग्याँस सिलिन्डर विस्फोटमा घाइते हुनुभएकी सांसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ ।
उहाँको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
बुद्धनगरस्थित निवासमा बुधबार राति ग्याँस विस्फोट हुँदा हरिकला र सांसद भण्डारी सख्त घाइते हुनुभएको थियो ।सांसद भण्डारीको सोही अस्पतालमा उपचार भइरहेको छ ।
खबर बजार । ४ फाल्गुन २०७९, बिहीबार १३:१०