दैलेखमा भएको १३ औँ राष्ट्रपति रनिङ शिल्डको उपाधि डुंगेश्वर गाउँपालिकालाई

दैलेख । दैलेखमा भएको १३ औँ राष्ट्रपति रनिङ शिल्डको उपाधि डुंगेश्वर गाउँपालिकाले जितेको छ ।

चामुण्डाविन्द्रासैनी नगरपालिकामा सञ्चालन गरिएको प्रतियोगितामा डुंगेश्वर गाउँपालिकाले सात स्वर्ण, दुई रजत र पाँच कास्य पदकसहित शिल्डको उपाधि जितेको हो ।

जिल्ला खेलकुद विकास समिति दैलेखका अध्यक्ष गोपालबहादुर बुढाका अनुसार डुंगेश्वर गाउँपालिकाले सात स्वर्ण, दुई रजत र पाँच कास्य पदकसहित पहिलो भयो भने नारायण नगरपालिका छ स्वर्ण, दुई रजत र तीन कास्य पदकसहित दोस्रो तेस्तै पाँच स्वर्ण, आठ रजत र सात कास्यसहित नौमूले तेस्रो र पाँच स्वर्ण, चार रजत र तीन कास्य पदकसहित चामुण्डाविन्द्रासैनी नगरपालिकाले चौथो स्थान हासिल गरेको छ ।

भगवतीमाई गाउँपालिकाले चार स्वर्ण, तीन रजत र पाँच कास्य पदक जितेको छ । यस्तै ठाटीकाँध गाउँपालिकाले तीन स्वर्ण, पाँच रजत र तीन कास्य तथा भैरवी गाउँपालिकाले एक स्वर्ण तथा दुई÷दुई रजत र कास्य पदक जितेको छ ।

स्वर्ण पदक जित्न नसकेको आठबीस नगरपालिकाले चार रजत र छवटा कास्य पदक जितेको छ । प्रतियोगितामा गुराँस गाउँपालिकाले एउटा पनि पदक जित्न सकेन ।

प्रतियोगितामा दैलेखका ११ मध्ये नौ वटा स्थानीय तहको सहभागीता थियो ।