त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्दै

काठमाडौं ।आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिजको अन्तिम खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्टिय त्रिकेट मैदानमा आज नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको हो । यससँगै स्कटल्याण्डले अब पहिले ब्याटिङ गर्ने भएको छ ।

यस सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले स्कटल्याण्डलाई हराउँदै सुखद् अन्त्य गर्न चाहन्छ ।नेपालले तीन खेलमा जीत निकालेको छ । दुई खेलमा नामिबियालाई हराएको थियो भने एक खेलमा स्कटल्याण्डलाई ३ विकेटले पराजित गरेको थियो ।  स्कटल्याण्डले पनि नेपाललाई हराउँदै बदला लिन चाहन्छ ।