मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक २१ , शुक्रबार
khabarbajar

खबर पाइने ठाउँ...

ihubnepal

समाचार, विचार र सरोकार

यूएई भ्रमणकालागी १५ सदस्यीय टोलीको घोषणा

१ मिनेट पढाइ
०साझा

kuse inside

काठमाण्डौ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत अर्काे हप्ता यूएईमा हुने त्रिदेशीय एकदिवसीय शृङ्खलाका लागि १५ सदस्यीय टोलीको घोषणा गरेको छ ।

क्यानले आज बिहीवार यूएई भ्रमणमा जाने टोलीका सदस्यहरूको नाम सार्वजनिक गरेको हो । टिममा क्रिकेटर सन्दीप लामिछाने परेका छैनन् । सन्दीपका लागि क्यानले राष्ट्रिय खेलकुद परिषद् (राखेप) सँग अनुमति मागे पनि अस्वीकार गरिएको थियो । टोलीमा दुई युवा खेलाडी प्रतिश जिसी र मौसम ढकाल अटाएका छन् ।

Dailekhi urja

नेपाली टोलीले यूएईमा घरेलु टोली र पपुवा न्युगिनीसँग खेल्नेछ । नेपालले २७ फेब्रुअरीमा पपुवा न्युगिनीसँग खेलेर आफ्नो भ्रमणको सुरुवात गर्नेछ । मार्च २ मा घरेलु टोलीसँग नेपालको खेल हुनेछ । मार्च ३ मा पपुवा न्युगिनीसँग तेस्रो खेल खेल्ने नेपालले भ्रमणको अन्तिम खेलमा मार्च ६ मा घरेलु टोली यूएईसँग खेल्नेछ ।

यूएई भ्रमणमा जाने नेपाली टोलीमा रोहितकुमार पौडेल, कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, गुलशन झा, भीम सार्की, आरिफ शेख, प्रतिश जिसी र मौसम ढकाल रहेका छन् ।

nepalgunj