सरकारले बढायो दूधको मूल्य

काठमाडौं । सरकारले दूधको मूल्य लिटरमै ९ रुपैयाँले वृद्धि गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको मूल्य लिटरमा ९ रुपैयाँले बढाउने निर्णय गरेको मन्त्रिपरिषद् कार्यालय स्रोतले बतायो ।

दूधको मूल्य बढाउनु पर्ने प्रस्ताव कृषि तथा पशुपन्छी विकास मन्त्रालयले केहीदिन अघि मन्त्रीपरिषद्मा पेश गरेको थियो ।