दैलेखको गुराँस गाउँपालिका ८ मा विवाहपूर्व वडाको सिफारिस अनिवार्य

दैलेख । दैलेखको गुराँस गाउँपालिका वडा नम्बर ८ ले वडाभित्र विवाहसम्बन्धी नयाँ नियम लागु गरेको छ । अबदेखि विवाह गर्नुभन्दा पहिला नै वडाको सिफारिस लिनुपर्ने नियम लागु गरिएको वडाध्यक्ष दीपेन्द्र ओलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार वडामा कानुन विपरीत हुने बाल विवाह निषेध गर्न यस्तो नियम लागु गरिएको हो । फागुन १२ गतेको बसेको वडा समितिको बैठकले अब वडाभित्र वैवाहिक कार्य गर्नुपर्ने भएमा त्यस पूर्व नै वडा कार्यालयबाट अनुमति लिने नियम लागु गरिएको उहाँको भनाई छ । साथै ३५ दिनभित्र गर्नुपर्ने विवाह दर्ता गर्न आउँदा वडा कार्यालयबाट जारी गरिएको अनुमति पत्र अनिवार्य रूपमा लिएर आउनु समेत अनुरोध गरिएको उहाँले बताउनु भयो ।