विद्यार्थिकाे कन्फिडेन्ट लेभल बढाउन एप्पल फेवल हाउस कार्यक्रम सम्पन्न

 दाङ । एप्पल मन्टेस्वरीको एप्पल फेवल हाउस कार्यक्रम आज सम्पन्न भएको छ । यस कार्यक्रममा विद्यार्थीहरूले आफैँ कथा लेखी आफैँ वाचन गर्नुपर्ने हुन्छ । प्रि १ देखि कक्षा १ सम्मका विद्यार्थीहरू यो कार्यक्रममा सहभागी हुने छन् ।

विद्यार्थीहरूको कन्फिडेन्ट लेभल बढाउने , श्रृजनात्मक बिकास गर्ने ,सोच्ने शक्ति बढाउने र ब्यक्तिक्त्व विकास गर्ने उद्धेश्यले एप्पल मन्टेस्वरीले यो बर्ष देखि आगमि बर्ष निरन्तर संचालन गर्ने गरी हरेक बर्ष एप्पल फेवल हाउस कार्यक्रमको आयोजना गर्ने गरेको कार्यक्रम निर्देशक गोमा पुरीले जानकारी दिनुभयो ।

आज विद्यालयको प्राङ्गणमा कक्षा प्रि १ देखि कक्षा १ सम्मका विद्यार्थीहरुले आफ्ना अभिभावकहरुको उपस्थितिमा कथा वाचन गरेका हुन् । आज ३७ जना विद्यार्थीहरूले कथा वाचन गरी कार्यक्रम सम्पन्न गरिएको हो ।

विद्यालयले हरेक बर्ष विद्यार्थिहरुको लागि विभिन्न अतिरिक्त कृयाकलाप अन्तर्गत ब्यबहारिक शिक्षा प्रदान गर्ने गर्दछ । यसले गर्दा वालवालिकाको पढ्ने र लेख्ने मात्र नभई अन्य क्षमताको बिकास पनि हुने हुदा यो बिधाबाट शिक्षा दिईएको विद्यालयका सहायक प्रधानाध्यापक ममता केसिले जानकारि दिनुभयो । कथा वाचन कार्यक्रममा उपस्थित हुनुभयका अभिभावक अनिल कुमार बस्नेतले एप्पल मन्टेस्वरिको शैदान्तिक शैक्षिक प्रणालि र यस्ता अतिरिक्त कार्यक्रमले आफ्ना वालवालिकाले धेरै कुरा सिक्न पाएको र उनिहरुको मनोवल बढ्ने बताउनु भएको छ । साथै उँहाले यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिनु पर्ने बताउनुभयकाे छ ।

एप्पल मन्टेस्वरि एउटा विद्यालय मात्र नभयर साना बालबालिकाकाे पढ्दै सिक्दै गर्ने थलाे र मनाेरञ्जन संगै बालबालिकाकाे मानसपटलमा घर र बिद्यालय यउटै भयकाे र बिद्यालयका शिक्षिका संग शिक्षा संगै जीवन जिउने कला पनि सिक्न पाएका बताउनुभयाे । सीप ,कला लगायत अन्य ब्यबहारिक शिक्षा प्रदान गरेकोमा खुसि ब्यक्त गर्दै धन्यबाद समेत ब्यक्त गर्नु भयो ।

कथा बाचन कार्क्रममा बिद्यार्थिहरुले कुनै न कुनै सन्देश दिने खालको कथा लेखेका थिए भने कथाले दिन खोजेको सन्देश के थियो भन्ने बारेमा पनि प्रष्ट पारेका थिए । वालवालिकाहरुको कथा लेखन कार्यक्रममा सहयोग पुर्याएको भन्दै विद्यालयले धन्यबाद ब्यक्त गरेको थियो ।

विद्यालयका सहायक प्रधानाध्यापक ममता केसिको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण शिक्षक बन्दना बस्नेतले गर्नुभएको थियो । कथा बाचन कार्यक्रमको संचालन कक्षा १ का विद्यार्थी गाैरव बाेहाेरा र सारवि परियारले गरेका थिए ।

एप्पल मन्टेस्वरि बिद्यालय २०७३ सालमा ५१ जना विद्यार्थी लियर शैक्षिक क्षेत्रकाे विकास संगै प्रबिधि मैत्रि शिक्षा प्रदान गर्ने उदेश्यले घाेराहि १० नारायणपुरमा संचालनमा अाएकाे थियाे । अहिले उक्त मन्टेस्वरि अभिभावककाे अत्यधिक राेजाईमा पर्दै गएकाे छ । जसकाे कारण अहिले विद्यालयमा कक्षा १ सम्म १५० बढि बिद्यार्थिहरु अध्यणरत छन ।