सुर्खेत । सुर्खेतमा एक युवाको घाँटी रेटिएको अवस्थामा शव फेला परेका छ । वीरेन्द्रनगर नगरपालिका १० बुदबुदीमा मंगलबार पहिचान खुल्न नसकेका युवाको शव घाँटी रेटिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक लक्ष्मण शाहीका अनुसार उक्त शवको पहिचान खुल्न सकेको छैन । घटनाका बारेमा अनुसन्धान भई रहेका शाहीले जानकारी दिनुभयो ।
खबर बजार । ३० फाल्गुन २०७९, मंगलवार १८:४३