काठमाडौं । आज देशका धेरै ठाउँमा मौसम सफा छ । आज तराईमा बिहानपख केही ठाउँमा हुस्सु/कुहिरो लागेपनि बिस्तारै हट्ने र दिनभर मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
त्यस्तै हिमाली र पहाडी भागमा बिहान आंशिक बादल लागेको छ । आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी एक/दुई ठाउँमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
मौसमविद्काअनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागसँगै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा आंशिक बदली रहने पूर्वानुमान छ ।
हिमाली तथा पहाडी भागका एक/दुई ठाउँमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।



खबर बजार । ४ कार्तिक २०८३, मंगलवार १०:१८