सुर्खेत। कर्णाली प्रदेशका नवनियुक्त दुई मन्त्रीले पद तथा गोपनीयतालो सपथ लिएका छन् । सोमबार आर्थिक मामिला तथा योजना मन्त्रीमा कृष्णा शाह र जलस्रोत तथा उर्जा विकास मन्त्रीमा रातो कामीलाई प्रदेश प्रमुख तिलक परियारबाट शपथ ग्रहण गरेका हुन्।
दुबै मन्त्री माओवादी केन्द्रका हुन् । मुख्यमन्त्री जीवनबहादुर शाहीले आर्थिक मामिला तथा योजना मन्त्रीमा कृष्णा शाह र जलस्रोत तथा उर्जा विकास मन्त्रीमा रातो कामीलाई नियुक्त गरेर प्रदेश प्रमुखको कार्यालयका नाम पठाएका थिए।
नवनियुक्त दुई मन्त्री जाजरकोटकी कृष्णा शाह र रुकुम पश्चिमका रातो कामी सङ्गै कर्णाली प्रदेशमा माओवादी केन्द्रका ११ जना प्रदेश सांसदहरुमा एक जना उपसभामुख, एक जना गैर-सांसद मन्त्री सहित ११ जना नै मन्त्री बनेका छन्।
खबर बजार । १३ भाद्र २०७९, सोमबार १६:४३