विश्वकप २०२६ मा कूल १०४ खेल हुने

काठमाडौं । सन् २०२६ को विश्वकप फुटबलमा फिफाले पुरानै फर्म्याटलाई निरन्तरता दिने भएको छ ।

अमेरिका, मेक्सिको र क्यानडामा आयोजना हुने विश्वकपमा ४८ राष्ट्रले सहभागिता जनाउने छन् । टिमसंख्या बढेपछि फिफाले १६ समूह बनाउने तयारी गरेको थियो तर २०२२ मा कतारमा भएको विश्वकपमा चार टिमको समूह प्रभाकारी रहेकोले फिफाले अब हुने विश्वकपमा पनि चार टिमकै १२ समूह बनाउने निर्णय गरेको हो ।

अफ्रिकी राष्ट्र रुवान्डामा भएको फिफा काउन्सिलले यो निर्णय गरेको हो ।

यस निर्णयसँगै अब २०२६ को विश्वकपमा कूल १०४ खेल हुनेछन् ।

नयाँ फर्म्याट अनुसार हरेक समूहको शीर्ष दुईसँगै तेस्रो स्थानमा रहने ८ उत्कृष्ट टिम अन्तिम ३२ मा प्रवेश गर्नेछन् । यसअघि फाइनल पुग्ने टिमले ७ खेल खेल्ने गरेकोमा अब फाइनल पुग्ने टिमले ८ खेल खेल्नेछन् ।

फिफा अध्यक्ष जियानी इन्फान्टिन्होले कतार विश्वकपको सफलतापछि गत डिसेम्बरमै २०२६ को विश्वकपमा चार टिमको समूह बनाउने बारे पिफाले सोचेको बताएका थिए ।