
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले दिएको राजीनामाको विषयमा छलफल गर्न भोली केन्द्रीय कार्यसमितिको बैठक बस्ने भएको छ ।

गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका थापाले बुधबार नै उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाउनुभएको हो ।
यसअघि काठमाडौं-४ बाट निर्वाचित हुँदै आउनुभएको थापा यसपटक सर्लाही-४ बाट उम्मेदवार हुनुहुन्थ्यो । उहाँलाई रास्वपाका डा. अमरेशकुमार सिंहले पराजित गर्नुभयो ।
रास्वपाले झन्डै दुई तिहाइ सिट प्राप्त गर्दा दोस्रो भएको कांग्रेसले प्रत्यक्षमा १८ र समानुपातिकमा २० गरी ३८ सिट मात्रै प्राप्त गरेको छ ।

चुनावी नतिजापछि राजीनामाको तयारी गरेका थापालाई पार्टीका विभिन्न तहका नेताहरुले राजीनामा नदिन सुझाव र दबाब दिँदै आएका थिए ।
थापा निर्वाचनअघि भएको विशेष महाधिवेशनबाट सर्वसम्मत सभापति निर्वाचित हुनुभएको थियोे ।




खबर बजार । ५ चैत्र २०८२, बिहीबार ०९:२८