

काठमाडौं । भारतको इन्दौरमा राम नवमी मेलामा भएको दुर्घटनामा मृत्यु हुने ३५ जना पुगेका छन् । मन्दिरको इनार ढाकेको ढक्कन भत्किँदा उनीहरु इरानरमा खसेका थिए ।
बिहीबार भएको यो दुर्घटनामा परेकामध्ये आज शुक्रबार बिहानसम्ममा ३५ जनाको शव निकालिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । अझै १ जना हराइरहेका छन् भने १८ जनालाई भने जिवितै उद्धार गरिएको छ ।
भारतीय प्रधानमन्त्र नरेन्द्र मोदीले घटनाप्रति दुख व्यक्त गर्नु भएको छ । भारतले सरकारले मृतकका आफन्तलाई २ लाख रुपैयाँ राहत दिने घोषणा गरेको छ ।

खबर बजार । १७ चैत्र २०७९, शुक्रबार १२:२२