![](https://khabarbajar.com/wp-content/uploads/2022/03/Bakery.gif)
![](https://khabarbajar.com/wp-content/uploads/2022/03/Lumbini.gif)
काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभाव थप बढेपछि आज मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ ।
पश्चिम नेपालबाट प्रवेश गरेको मौसमी प्रणालीको प्रभावले मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज बिहीबार कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा तथा बागमती प्रदेश र प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ भने पहाडी तथा तराईका धेरै स्थानमा मेघ गर्जन (चट्याङसहित) हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
आज बिहीबार आंशिकदेखि सामान्य बदली रहनेछ । भोली शुक्रबार देशैभरि सामान्यदेखि पूर्ण बदली रहने र पर्सि शनिबार देशभरि आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ ।
साथै, यो मौसमी प्रणालीका कारण हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्नसक्ने देखिएकाले चिसोबाट बच्न र हिमपातबाट हुनसक्ने प्रभावबाट आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
आगामी शनिबार पनि पश्चिमी वायुको प्रभाव रहने र आइतबारदेखि मौसम क्रमिक रुपमा सुधार आउनेछ ।
![](https://khabarbajar.com/wp-content/uploads/2022/03/123-1.gif)
खबर बजार । २० माघ २०७८, बिहीबार ००:२२