

काठमाडौं । कपिलवस्तका न्यायाधीश भुवन गिरी पक्राउ परेका छन् । गिरीकी पत्नीले आफूमाथि बलात्कार गरेको भन्दै उजुरी दिएपछि जिल्ला अदालत कपिलवस्तुले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
उनी काठमाडौंमा रहेकाले पक्राउ गरेर पठाउन लागिएको जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी पवन भट्टराईले जानकारी दिनु भयो ।
न्यायाधीश गिरीविरुद्ध बलात्कारको उजुरी परेपछि उनलाई न्याय परिषदले छानबिनमा तानेको थियो ।

खबर बजार । २८ चैत्र २०७९, मंगलवार १६:३३