मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक ३० , आइतबार
khabarbajar

खबर पाइने ठाउँ...

ihubnepal

समाचार, विचार र सरोकार

एसीसी प्रिमियर कपमा हङकङको विजयी सुरुवात

१ मिनेट पढाइ
०साझा

kuse inside

काठमाण्डौ । एसीसी प्रिमियर कपमा हङकङले विजयी सुरुवात गरेको छ । आज मङ्गलवार मुलपानी क्रिकेट मैदानमा भएको खेलमा हङकङले सिङ्गापुरलाई ८ विकेटले हरायो ।

सिङ्गापुरले दिएको १ सय ७५ रनको लक्ष्य हङकङले ३३ ओभरमा २ विकेट गुमाएर भेटायो । हङकङका लागि बाबर हयातले नटआउट १ सय ८ र कप्तान निजाकत खानले ५१ रन बनाए । बलिङतर्फ सिङ्गापुरका रमेश कालीमुथु र कप्तान अरित्र दत्तले १/१ विकेट लिए ।

Dailekhi urja

यसअघि टस हारेर ब्याटिङ गरेको सिङ्गापुर ४२ ओभर १ बलमा १ सय ७४ रन बनाउँदा अलआउट भयो । सिङ्गापुरका लागि अरित्र दत्तले सर्वाधिक ४९ रन बनाए । बलिङतर्फ हङकङका एहसान खानले ४ र यासिम मुर्तजाले ३ विकेट लिए ।

एसीसी प्रिमियर प्रतियोगिताको विजेता टोलीले आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ । शीर्ष तीन टोलीले जुलाईमा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछ ।

nepalgunj