काँग्रेसबाट निर्वाचित राष्ट्रिय सभा र प्रतिनिधि सभा सदस्य प्रशिक्षणमा

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित प्रतिनिधि सभा एवं राष्ट्रिय सभामा सांसदहरूको प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।

पार्टी कार्यालय सानेपामा सांसदहरूलाई संसदीय सचेतना सम्बन्धी प्रशिक्षण कार्यक्रम सुरु भएको हो ।

सांसदहरूलाई पार्टी सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा र पुष्पा भुसाल तथा महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेले प्रशिक्षण दिँदैछन् ।

प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेसले ३८ सांसद जितेको छ ।