पछिल्लो २४ घण्टामा ५७ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाण्डौ । पछिल्लो २४ घण्टामा ५७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । एक हजार नौ सय ३१ जनाको नमुना परीक्षण गर्दा ५७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा २७ जना कोरोना सङ्क्रमित निको भएका छन् । अहिले कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय ४७ छ । अहिले सात जना कोरोना सङ्क्रमितको आईसीयूमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १९ हजार आठ सय १८ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।