मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक २१ , शुक्रबार
khabarbajar

खबर पाइने ठाउँ...

ihubnepal

समाचार, विचार र सरोकार

गृहमन्त्रीको राजीनामा माग गर्दै तरुण दलको विरोध प्रदर्शन

१ मिनेट पढाइ
०साझा

kuse inside

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको विरोधमा तरुण दलले विरोध प्रदर्शन गरेको छ ।

तरुण दलका पूर्व अध्यक्ष समेत रहनु भएका यादवलाई रिपोर्टर्स क्लबको कार्यक्रमबाट बाहिरिने क्रममा बुधबार खुकुरी प्रहार भएको थियो ।

Dailekhi urja

उक्त घटनाको विरोधमा कांग्रेस भ्रातृ संस्था तरुण दलले काठमाडौंको रत्नपार्कस्थित शान्ति बाटिकामा विरोध प्रदर्शन गरेको हो । तरुण दलले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा पनि मागेको छ ।

तरुण दलको बिहीबार बसेको केन्द्रीय समितिको बैठकले देशभर विरोध गर्ने निर्णय गरेको थियो । आक्रमणबाट घाइते यादवको टाउको पछाडि भागमा चोट लागेको छ । उहाँको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

nepalgunj