मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक २० , बिहीबार
khabarbajar

खबर पाइने ठाउँ...

समाचार, विचार र सरोकार

सुन चाँदीको भाउ आज बढ्यो

१ मिनेट पढाइ

काठमाण्डौ । सुन चाँदीको भाउ आज बढेको छ । सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले बढेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ आज तोलामा एक लाख १० हजार ६ सय रुपैयाँ तोकिएको छ ।

सुन हिजो तोलामा एक लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदी आज तोलामा ५ रुपैयाँले बढेर एक हजार तीन सय ८० रुपैयाँमा किनबेच भइरहेको छ ।