सुन तोलाको एक लाख १३ हजार एक सय रुपैयाँ, चाँदीको नयाँ रेकर्ड

काठमाण्डौ । सुनको भाउ आज ६ सय रुपैयाँले बढेको छ । तोलामा सुन एक लाख १३ हजार एक सय रुपैयाँमा पुगेको छ ।

यसअघि गएको जेठ १९ गते सुनको भाउ अहिलेसम्मकै उच्च एक लाख १३ हजार तीन सय रुपैयाँमा पुगेको थियो ।

यस्तै, आज चाँदीको भाउले नयाँ रेकर्ड राखेको छ । चाँदी अहिलेसम्मकै महँगो भएको छ ।

चाँदी आज तोलाको १० रुपैयाँले बढेर एक हजार चार सय ९० रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।