
काठमाण्डौं । भारतको उत्तराखण्डमा ट्रान्सफर्मर पड्किँदा करेन्ट लागेर १६ जनाको ज्यान गएको छ ।
भारतको उत्तराखण्ड राज्यमा बुधवार विद्युत् ट्रान्सफर्मर विस्फोट हुँदा एक प्रहरी अधिकारी र तीन होमगार्डसहित कम्तीमा १६ जनाको ज्यान गएको र अन्य ५ जना गम्भीर घाइते भएका भारतीय प्रहरीले बताएको छ ।
उत्तराखण्डको चमोली जिल्लाको अलकनन्दा नदीमा रहेको पुलमा विद्युत् आपूर्ति गर्न आयोजनास्थलमा राखिएको ट्रान्सफर्मर विस्फोट भएको हो ।
उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले घटनाप्रति दु:ख व्यक्त गर्दै घटनाको छानबिन गर्न आदेश दिनुभएको छ ।




खबर बजार । ३ श्रावण २०८०, बुधबार १९:४६