
काठमाडौं । प्रतिनिधि सभाको निर्वाचन, २०८२ अन्तर्गत आज मध्यरात पछि देखि मौन अवधि शुरू हुने भएको छ ।

फागुन २१ गतेको निर्वाचनका लागि आयोगले यही फागुन ४ गतेदेखि १८ गते आजसम्मका लागि निर्वाचन प्रचारप्रसारको समय निर्धारण गरेको थियो ।
प्रचारको समयावधि सकिएसँगै अब आज मध्यरात १२ बजेपछि मौन अवधि शुरु हुन्छ । यो मतदानको प्रक्रिया शुरु भएर सम्पन्न नभएसम्म कायम रहन्छ ।
मौन अवधिमा सचेत पनि आयोगले सबैलाई आग्रह गरेको छ ।
के-के गर्न मिल्दैन मौन अवधिमा ? हेर्नुहोस्:

यसैबीच, मतदान सम्पन्न भएको २४ घण्टामा नतिजा प्रकाशन भइसक्ने बताएको छ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीका अनुसार यसका लागि आवश्यक तयारी गरिएको छ ।




खबर बजार । १८ फाल्गुन २०८२, सोमबार २०:४४