चट्याङ लागेर दुई महिलाकाे मृत्यु

सुर्खेत । चट्याङ लागेर कर्णाली प्रदेशमा दुई जनाकाे मृत्यु भएकाे छ । सुर्खेत र सल्यानमा एक-एक जना महिलाको मृत्यु भएको हो ।

सुर्खेतकाे भेरीगंगा नगरपालिका-११ साँदीखोलाकी ३५ वर्षीय नेकीसरा खत्री र सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ७ लामासरा कि चालीस वर्षीया रामकली कामिको मृत्यु भएको हो ।

प्रदेश प्रहरी कार्याल सुर्खेतकाअनुसार खत्री आफ्नै भान्सा घरको बाहिर छतमा निस्कने क्रममा चट्याङ लागी गम्भीर घाइते भएकी खत्रीको मेहलकुना अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हाे ।

त्यस्तै सल्यानका सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्काका अनुसार अबेर राती परेको चट्याङ लागेर रामकली कामीको मृत्यु भएको हो ।