बाँके र बर्दियाका विभिन्न नदीमा आकस्मिक बाढीको जोखिम, उच्च सतर्कता अपनाउन अनुरोध

सुर्खेत । बाँके र बर्दिया जिल्लाका विभिन्न नदीमा आकस्मिक बाढीको जोखिम बढेको छ। पछिल्लो ३ घण्टामा बाँकेको ढकेरी, खजुरा, बर्दियाको राम्बापुर, रानीजरूवा नर्सरी, गुलरिया र आसापस धेरै स्थानमा भारी बर्षा मापन भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

उक्त क्षेत्रमा थप वर्षा हुन सक्ने र उक्त जिल्ला भई बहने साना नदीमा आकस्मिक बाढी आउन सक्ने महाशाखाको चेतावनी छ। डुवान भइरहने होचा स्थानमा दिउँसोसम्म उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ।

बुधबार नै महाकाली र पश्चिम सेती तथा यसका सहायक नदीमा बहाव सतर्कता नजिक हुने सम्भावना छ।

पश्‍चिम राप्ती, बबईका तराई भई बहने सहायक नदीहरूमा बहाव उल्लेख्य बढ्ने र आकस्मिक बहाव भई सतर्कता पुग्न सक्ने महाशाखाले जनाएको छ। नेपाल लाइभ