काठमाण्डौँ । अस्ति बुधबारदेखि मौसममा आएको खराबी भोलि आइतबार विहानदेखि हट्ने भएको छ । मौसम पूर्वामनुमान महाशाखाकाअनुसार पश्चिमी वायुको प्रभाव बढेसँगै वर्षा र हिमपात भएको हो ।
जनजीवन कष्टकर हुने गरी बढेको पश्चिमी वायुको प्रभाव भोलि आइतबार विहानदेखि कम हुने र मौसम क्रमिक रुपमा सुधार हुने महाशाखाले जनाएको छ ।
आज शनिवार पनि गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको हुँदै छ । साथै पहाडी तथा तराईका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने छ ।
देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ । मौसमविद्हरूले यो मौसमी प्रणालीका कारण हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्नसक्ने देखिएकाले चिसोबाट बच्न र हिमपातबाट हुनसक्ने प्रभावबाट आवश्यक सतर्कता अपनाउन अनुरोध गरका छन् ।
खबर बजार । २२ माघ २०७८, शनिबार ०२:४६