सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाको ढोडेखाली पुल नजिकै मृत भेटिएका पुरुषको पहिचान खुलेको छ । रत्न राजमार्गको फोरलेन सडक खण्डमा पर्ने ढोडेखाली खोलाको पुलमुनी फेला परेको शव दैलेख दुल्लु नगरपालिका–१० छुवालका करिव लालबहादुर भण्डारी रहेको प्रहरीले जनाएको छ ।
वीरेन्द्रनगर नगरपालिका १ मा कोठा भाडामा बस्दै आएका करिव ४१ वर्षीय लालबहादुर भण्डारी गएरातीदेखि वेपत्ता भएको पारिवारले जनाएको छ ।
शव भेटिएको जानकारी पछि परिवारले उनको पहिचान गरेपछि प्रहरीले मुचुल्का उठाएर पोष्टमार्टमका लागि शव कर्णाली प्रदेश अस्पताल कालागाउँ लगिएको छ ।
उनको शव वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १ र २ को सिमानामा पर्ने ढोडेखाली खोलाको पुलमुनी भेटिएको हो । बाढीले बगाएर ल्याएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । पुलमुनी बालुवामा घोप्टो परेको अवस्थामा शव देखिएपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए । मृत भेटिएका भण्डारीको खुट्टामा जुत्ता लगाएपनि शरिर नाङ्गै अवस्थामा रहेको थियो ।
खबर बजार । २ भाद्र २०८०, शनिबार १६:५९