

काठमाण्डौ । एसिया कप क्रिकेटमा नेपालले पाकिस्तानसँगको खेलमा टस हारेर पहिले बलिङ गर्ने भएको छ ।
मुल्तान क्रिकेट स्टेडियममा टस जितेर पाकिस्तानका कप्तान बाबर आजमले पहिला ब्याटिङ गर्ने भएपछि नेपालले बलिङको निम्तो पाएको हो ।
१६ औँ संस्करणको एसिया कप आजदेखि शुरु भएको हो । यस्तै नेपालले दोस्रो खेलमा आउँदो सोमवार भारतसँग खेल्दैछ ।
नेपालले गएको वैशाखमा घरेलु मैदान कीर्तिपुरमा एसीसी प्रिमियर कपको उपाधि जित्दै पहिलो पटक एसिया कप खेल्न लागेको हो । नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक भारत र पाकिस्तानसँग खेल्न लागेको हो ।

खबर बजार । १३ भाद्र २०८०, बुधबार १४:५६