वीरेन्द्रनगरमा चल्ने नगर माइक्रो बसको भाडा बढ्यो

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सञ्चालन गरिँदै आएको नगर माइक्रो बसको भाडादर बढाइएको छ । नेपाल आयल निगमले डिजेलको मूल्य बढाएपछि साविकको भाडादरमा सेवा दिन नसकिने भएपछि बढाइएको हो ।

यसअघि २० रुपैयाँमै यात्रुहरुलाई सेवा दिइरहेको संयुक्त यातायात व्यवसायी समितिले यसअघिको भाडादरमा १० रुपैयाँ बढाएर प्रतियात्री ३० रुपैयाँ लिने गरी भाडादर बढाइएको हो ।

धुलियाविट–प्रदेश अस्पताल–बाँगेशीमल–धुलियाविट रुटमा गुड्दै आएका नगर माइक्रो बसले चढ्यो झर्‍यो २० रुपैयाँमा भाडादर लागु गरेर सेवा दिँदै आएको तर पछिल्लो केहि दिनमा पटक पटक डिजेलको मूल्यवृद्धि भएर साविकको भाडादरमा यातायात चलाउन नसकिने भएको हुनले भाडादरमा वृद्धि गरेको संयुक्त यातायात व्यवसायी समितिका संयोजक नारायण कुमार चपाईले जानकारी दिनु भयो ।

पछिल्लो पटक बढाइएको भाडादर शनिवारदेखि लागू गरिने छ ।