
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धन नभत्किने बताउनु भएको छ ।
उहाँले आज गठबन्धनको प्रमुख घटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्तापछि बालकोटबाट निस्कने क्रममा अहिलेको गठबन्धन नभत्किने र केही दिनमै राष्ट्रपतिबारे सहमति हुने बताउनु भयो ।
गठबन्धन अब के हुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै प्रधामन्त्री प्रचण्डले भन्नुभयो, ‘गठबन्धन अहिले नि कायम नै छ, मिलेर नै अघि बढ्ने छौं, गठबन्धन छुट्ने/भत्कने कुरै छैन । राष्ट्रपतिको पनि १–२ दिनमा सहमति मै टुंगो लाग्छ ।’




खबर बजार । ५ फाल्गुन २०७९, शुक्रबार १७:५३