कर्णाली नदीमा डुंगासँगै बगेर बालक बेपत्ता

सुर्खेत । कर्णाली नदीमा डुंगासँगै बगेर १६ वर्षीया बालक बेपत्ता भएका छन् । दैलेखको आठबीस नगरपालिका–१ रामघाट खोला र कर्णाली नदीको दोभान नजिकबाट बालक बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेमा चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ का १६ वर्षीय शिव शाही रहेका छन् ।

आइतबार दिउँसो १२ बजेको समयमा डुंगा चलाउने क्रममा डुंगासँगै बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार शिवसँगै अन्य दुई जना साथी पनि थिए । तर, शिवले म एक्लै चलाउनसक्छु भनेर डुंगा नदीमा लिएपछि बगेर बेपत्ता भएका हुन् ।

शिवको खोजीका लागि प्रहरी चौकी पाल्तडाबाट प्रहरी टोली खटिएको छ ।