नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै

काठमाण्डौ । एसिया कप २०२३ मा आज नेपालले भारतसँग खेल्दै छ ।

खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने भएको छ । भारतले टस जितेर बलिङ रोजेपछि नेपालले ब्याटिङ गर्ने भएको हो ।

नेपालले पहिलोपटक भारतको सिनियर टिमसँग खेल्न लागेको हो । नेपालका लागि आज अत्यन्त महत्वपूर्ण र ऐतिहासिक खेल हुनेछ ।

श्रीलंकाको पेल्लेकेले मैदानमा नेपाली समयअनुसार सवा तीन बजे खेल सुरू हुनेछ । प्रतियोगिताको समूह ‘ए’ मा रहेको नेपाल र भारतको आजको खेल समूह चरणको अन्तिम खेल हो ।

नेपाल र भारत दुवै टिमले समूहका पहिलो खेल खेलिसकेका छन् । पाकिस्तानविरूद्धको पहिलो खेलमा नेपाल फराकिलो अन्तरले पराजित भएको थियो । भारत र पाकिस्तानबीच शनिबार भएको खेल वर्षाले रद्द हुँद दुवै टिमले एक एक अंक जोडेका थिए ।

समूहबाट पाकिस्तानले ३ अंक जोडेर सुपर–फोरमा स्थान पक्का गरिसकेको छ । अब नेपाल र भारतबीचको खेलपछि सुपर फोरमा पुग्ने दोस्रो टिमको टुंगो लाग्नेछ । जित हात पार्ने टिम सुपर फोरमा पुग्नेछ ।